काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान कार्य सकिएको छ ।
बुधबार बिहान ८ बजेदेखी १० बजेसम्म सिहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको मतदानमा ८८ जना सांसदले मतदान गरेका छन् । सांसद माया राई सुत्केरी भएर अस्पतालमा रहेकाले उनलाई त्यहीबाट मतदान गर्ने व्यवस्था मिलाईएको थियो ।
कांग्रेसको ८९ जना सांसद भए पनि टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् ।
कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही प्रधानमन्त्री बन्ने अभ्यास छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar