काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिने भएको छ।
उत्तरी गोरखामा पर्ने चुमनुब्री गाउँपालिकामा आयोजना निर्माणका लागि वातावरण अध्ययन प्रतिवेदन तयारी भइरहेको छ। आयोजनाले चुमनुब्री गाउँपालिका वडा नम्बर ४ गाप नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ। त्यहाँबाट पानीलाई सङ्लो बनाएर चार हजार तीन सय ६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्रीको वडा नम्बर ५ बिही नजिक निर्माण हुने पावरहाउसमा खसालिनेछ।
त्यहाँबाट निस्कासित हुने पानीलाई टेसरेस सुरूङबाट पुन: बूढीगण्डकी नदीमै छाडिनेछ। आयोजनाबाट उत्पादित बिजुलीलाई २२० केभी क्षमताको १५ किमी प्रसारणलाइनबाट फिलिम वा गुम्दामा प्रस्तावित सव-स्टेशसनमा जोडिनेछ। यो आयोजना निर्माण गर्दा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक, आर्थिक प्रणालीबीच के कस्तो प्रभाव पर्छ यकिन गर्न गाउँपालिका तथा त्यस क्षेत्रका सरोकारवाला व्यक्ति वा संस्थाबाट आयोजनाले सुझाव माग गरेको छ।
लिखित सुझाव ७ दिनभित्र चिलिमे जलविद्युत कम्पनी लिमिटेड महाराजगञ्जमा पठाउनसमेत आग्रह गरिएको छ। यो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन चिलिमे जलविद्युत कम्पनीले तयार गर्दैछ। बूढीगण्डकीमै १२ सय मेगावाट क्षमताको अर्को आयोजना पनि बनाउने तयारी सरकारको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar