काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एउटा दलको अध्यक्ष नै अर्को दलबाट सांसद बन्नु सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने विषय भएको बताएका छन् ।
बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले एउटा दलको व्यक्ति अर्को दलको सांसद हुन पाउने कि नपाउने भनी गरेको प्रश्नको जवाफ दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगसंग एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न पाउने वा नपाउने विषयमा कानुनी प्रष्टता नै नभएको बताउँदै यस्तो विषय सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने बताएका हुन् ।
‘एउटा दलको अध्यक्ष अर्को दलको निर्वाचन चिह्न लिएर चुनाव लड्न र समानुपातिक तर्फबाट निर्वाचित हुन पाउँछ कि पाउँदैन भन्ने विषयमा कानुनमा प्रष्ट छैन, यो नैतिकतासँग जोडिएको विषय हो ।’ तथापि, यो विषय आगामी दिनका लागि छलफलको विषय बनेको उनले बताए ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल समानुपातिक निर्वाचन पद्धतिबाट नेकपा एमालेको सांसद निर्वाचित भएका थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar