बनेपा – गएराती काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
हिजो मंगलवार साँझ ६ बजे, बेथानचोक गाउँपालिका – ४ चलाल गणेस्थानमा बा ३ ख ४३८५ नं.को बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको हो । बस दुर्घटना हुँदा २१ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक एसपी चक्रराज जोशीका अनुसार हालसम्म मृतकको संख्या १८ पुगेको छ । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको एसपी जोशी बताए ।
बनेपा नगरपालिका – ११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका – ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको एसपी जोशीले जानकारी दिए । उनका अनुसार घाइते सबैलाई उपचारार्थ बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पताल गलिएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार कार्य गरिएको थियो । अझै मृतकको पहिचान हुन सकेको छैन । गम्भीर प्रकृतिको घाइते भएकाले तत्काल रेफरको तयारी भइरहेको जनाइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बस तीव्र गतिमा गुडीरहेको थियो । बस मोडको भित्तामा ठोक्किएपछि सडकबाट केही तल खसेर दुर्घटना ग्रस्त भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar