काठमाडाैं – प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ नेकपा एमाले पहिलाे स्थानमै कायम रहेकाे छ ।
९२ लाख ५० हजार ८९१ मत गन्दा एमालेले २५ लाख २२ हजार ७२० मत प्राप्त गरेकाे छ । एमालेलाई नेपाली कांग्रेसले २३ लाख ९० हजार ३२८ मत ल्याइ पच्छाइरहेकाे छ । तेस्राे स्थानमा भने नेकपा माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी आएकाे छ । उसले १० लाख ६० हजार ८८९ मत पाएको छ । चाैथाे स्थानकाे नेकपा माओवादी केन्द्रले १० लाख ५४ हजार ९९७ मत प्राप्त गरेकाे छ ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४४ हजार ४७०, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार ४५०, जनमत पार्टीले २ लाख ५६ हजार ३३, नेकपा एकीकृत समाजवादीले २ लाख ४९ हजार ११८, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९३३, लाेकतान्त्रिक समाजवादी पार्टीले १ लाख २६ हजार ४१, नेमकिपाले ७२ हजार ७५१ र हाम्राे नेपाली पार्टीले ५२ हजार ८०८ मत प्राप्त गरेकाे छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar