बझाङ । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन् ।
जोशीले २८ हजार १४३ मत ल्याएर विजयी भएका हुन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएका छन् । प्रदेशसभा सदस्य (२) मा गठबन्धनका उम्मेदार नेकपा माओवादी केन्द्रका नेता भीमबहादुर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले १३ हजार ८७९ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का उम्मेदवार लालबहादुर रावलले ११ हजार तीन सय ३७ मत प्राप्त गरेका छन् । उनीहरुको मतान्तर दुई हजार पाँच सय ४२ रहेको छ ।
त्यस्तै बझाङ प्रदेश सभा (१) मा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका छन । सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७ सय ७६ मतले पराजित गर्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १७ हजार १सय १२ मत प्राप्त गर्नुभयो भने एमालेका नेता ओखेडाले १३ हजार३सय ६६ मत प्राप्त गरे ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) नेपालका कर्णबहादुर खड्का ४ सय २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हरिलाल भट्टराईले ४ सय ४ मत प्राप्त गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar