धादिङ – प्रतिनिधीसभा धादिङ क्षेत्र नं.१ अन्तरगतका चार स्थानिय तहको मतगणना सकिएको छ ।
हालसम्म धुनिवेशी नगरपालिका सहित थाक्रे, गल्छि र गजुरी गाँउपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त चार स्थानिय तहको मतगणना सम्पन्न हुँदा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ३ हजार ९५० मतले अग्रता कायम गरेका छन् ।
पाण्डेले हालसम्म २३ हजार ७२ मत प्राप्त गरेका छन् भने एमालेका भुमि त्रिपाठीले १९ हजार १२२ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ९ हजार ८६६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar