काठमाडौं – प्रतिनिधिसभाको समानुपातिकतर्फ चार वटा दलले एक लाखभन्दा बढी मत ल्याएका छन् ।
समानुपातिक मतमा नेकपा एमाले सबैभन्दा अगाडि छ । यो समाचार तयार पार्दासम्म एमालेले समानुपातितर्फ ३ लाख ६५ हजार मत कटाएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार, एमालेले ३ लाख ६५ हजार ५०५ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३ लाख ३७ हजार ३२८ मत ल्याएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ ।
यसैगरी १ लाख ६१ हजार ६९ मतसहित नेकपा माओवादी केन्द्र चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ५ हजार ३६७ मत ल्याएको छ । यस वाहेक अन्य राजनीतिक दलको भागमा १ लाख १३ हजार ८१३ मत परेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar