तनहुँ – तनहुँको २ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार ४७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १३० मत पाएका २ नम्बर क्षेत्र निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरेका छन् । खसेको कूल मत ६८ हजार ८१७ रहेको छ भने ३ हजार ५८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विक्रम संवत् २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट पराजित भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar