काठमाडौं – काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निर्वाचित भएका छन् ।
सिंहले ७ हजार १४३ मतसहित बिजयी भएको मुख्य निर्वाच अधिकृतको कार्यालयले जनाएको छ । सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरेका हुन् । । मिश्रले ७ हजार १८ मत पाएका छन् । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar