लमजुङ – लमजुङमा मतगणनाका क्रममा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारको निधन भएको छ ।
लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नरेन्द्र गुरुङको निधन आज भएको सो पार्टीका केन्द्रीय सदस्य खेमजङ्ग गुरुङले जानकारी दिए । केन्द्रीय सदस्य गुरुङका अनुसार नरेन्द्र केही दिनदेखि अस्वस्थ रही चितवनमा उपचारत थिए ।
मर्स्याङ्दी गाउँपालिका–१ घनपोखराका उम्मेदवार गुरुङको उच्च रक्तचापका कारण निधन हुन पुगेको उनको भनाइ छ । शनिबार रक्तचापका कारण बेहोस भएपछि उनलाई तत्काल बेंसीशहरमा रहेको जिल्ला अस्पतालमा लगे पनि थप उपचारका लागि चितवनमा लगेर उपचार हुँदै आएको थियो ।
जिल्लामा आज दिउँसोदेखि नै मतगणना जारी छ । हालसम्म मतगणना भएको चार हजार नौ सय चार मतगणना हुँदा निधन भएका गुरुङको पक्षमा पाँच भोट प्राप्त भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar