बुटवल – रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ ।
सदर र बदर मतको विषयलाई लिएर विवाद हुँदा मतगणना रोकिएको हो । मतगणनाको क्रममा एक मतपेटिकामा फरक मत देखिएकोले त्यस्तो मतलाई सदर गर्ने कि बदर गर्ने विषयमा सो क्षेत्रमा विवाद हुँदा मतगणना रोकिएको हो ।
क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यका अनुसार मतगणनाका क्रममा विवाद भएपछी सर्वदलीय बैठक बसि सहमतिको प्रयास भइरहेको बताएका छन् । उनले अव केहिबेरमै पुनः मतगणना सुरु गरिने जानकारी दिए ।
आचार्यका अनुसार प्रतिनिधि सभा सदस्यको लागि ४ हजार ८ सय ४३ मत गणना भएको छ । जस अनुसार साइकल चुनाव चिन्हले १ हजार ८ सय ८३ मत, रुख चिन्हले १ हजार ३ सय ४० मत, लाउडस्पिकर चिन्हले १ हजार ३३ मतप्राप्त गरेका छन् । यो बाहेकको तथ्यांक आधिकारीक नभएको निर्वाचन अधिकृत आचार्यले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar