धादिङ – धादिङका दुवै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ ।
सोमबार दिँउसोबाट क्षेत्र नं. १ अन्तरगत गल्छी २ र ५ नं. वडाको २८३१ मत गणना गर्दा वागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले १ह जार ३०६ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १ हजार २२९ मत ल्याएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १७६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।
उता क्षेत्र नं. २ मा पनि १०४७ मत गणना गर्दा सत्ता गठबन्धनतर्फबाट काँग्रेसका उम्मेदवार रामनाथ अधिकारीले ४७५ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका खेम प्रसाद लोहनीले ४१४ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङले ५१ मत पाएकी छन् भने मंगोल नेशनल अगॅनाईजेसनका धन माया तामाङले ५४ मत प्राप्त गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar