काठमाडाैं – आज (आइतवार) बिहान ७ बजेदेखि देशभर मतदान सुरू भएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि देशभर बिहान ७ बजेदेखि एकैसाथ शुरू गरिएको हो । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । उनले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीबाट मतदान गरेका हुन् । मतदान साँझ ५ बजेसम्म चल्ने कार्यक्रम रहेको छ ।
देशभरका १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मतदाताले मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ । यसैगरी एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।
मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदानस्थलमा खटाइएको निर्वाचन आयोगले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar