• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कान्स फिल्म भेस्टिभलमा प्रदीप खड्का

३२ मिनेट अघि
२

सिटिजन्स बैंक र क्लब ‘१०एक्स’ बीच समझदारी

१ घण्टा अघि
३

एसिया छनोटको उपाधिका लागि नेपाल र थाइल्याण्ड आमनेसामने

१ घण्टा अघि
४

आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने

१ घण्टा अघि
५

महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश

१७ घण्टा अघि
६

गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन

१९ घण्टा अघि
७

एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा

२० घण्टा अघि
८

गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा

२२ घण्टा अघि
९

बाइडनलाई प्रोस्टेट क्यान्सर

२२ घण्टा अघि
१०

युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश

२२ घण्टा अघि
११

भक्तपुरमा बागमती प्रदेस स्तरिय कराते प्रतियोगिता हुँदै 

२२ घण्टा अघि
१२

४८.६ प्रतिशतले घट्याे नेपाल टेलिकमको नाफा

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ४ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ३ दिन अघि
  • रवि लामिछानेविरुद्धको उजुरी के हो : एस्तो छ अबको प्रक्रिया !

    न्युज डेस्कप्रकाशित मिति: २०७९ कार्तिक ३०, बुधबार (२ साल अघि)
  • ८३९ पाठक संख्या
  • rabi lamichhane

    काठमाडौं – मंगलबार चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चितवन – २ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै एउटा उजुरी दर्ता भयो । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ ।

    चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उजुरीको व्यहोरा तत्काल निर्वाचन आयोगमा जानकारी गराए । कार्यालयले बुधबार नै लामिछानेलाई उक्त उजुरीको विषयमा स्पष्टीकरण सोध्ने तयारी गरेको छ । स्पष्टीकरणको जवाफ आएपछि उजुरी र जवाफ निर्वाचन आयोगमा पठाउनेछ ।

    मुख्य निर्वाचन अधिकृत थापाका अनुसार, लामिछानेविरुद्ध दुईवटा उजुरी छन् । एउटा नवलपरासी र अर्को चितवनकै बासिन्दाले उजुरी दिएका हुन् । एउटा उजुरीमा लामिछानेको नेपाली नागरिकता नै कायम नरहेको दावी छ र अर्कोमा उनले खारेज भइसकेको पुरानो नागरिकता पेश गरेर मनोनयन दर्ता गराएको उल्लेख छ ।

    नेपाल नागरिकता ऐन २०६३ को दफा १० (१) अनुसार, कुनैपनि नेपालीले विदेशी मुलुकको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज हुन्छ । रवि लामिछाने अमेरिकामा गएर त्यहाँको नागरिकता लिएका थिए । कानुन अनुसार त्यसपछि उनको नेपाली नागरिकता स्वतः रद्द भएको थियो । उनी नेपाल फर्किएपछि समेत विदेशको नागरिकता त्याग्ने प्रक्रिया अघि बढाएका थिएनन् ।

    उनी नेपाल फर्केर टेलिभिजन कार्यक्रममा व्यस्त भएका बेलामा प्रेस काउन्सिल नेपालमा रविविरुद्ध उजुरी पर्‍यो । अमेरिकाको नागरिकता लिएका उनले नेपालमा श्रम स्वीकृति नलिई काम गरेको उजुरी सार्वजनिक भएपछि लामिछानेले अमेरिकाको नागरिकता त्याग्ने प्रक्रिया अघि बढाएको घोषणा गरेका थिए ।

    नागरिकता ऐनमा भएको व्यवस्था अनुसार विदेशको नागरिकता त्याग्ने प्रक्रिया अघि बढाउनासाथ नेपालको नागरिकता फेरि सक्रिय हुन्छ । नागरिकता ऐनको दफा ११ मा भनिएको छ, ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ ।’

    तर उनले अमेरिकाको नागरिकता त्याग्ने प्रक्रिया अघि बढाएको निस्सा सरकारी कार्यालयमा पेश गरेका थिए वा थिएनन् भन्ने खुलेको छैन । जसको कारण उनको नेपाली नागरिकता कायम रह्यो कि रहने भन्ने पुष्टि भएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराका अनुसार, उनले अमेरिकाको नागरिकता त्यागेका हुन् र त्यसका आधारमा नेपाली नागरिकता समेत कायम भइसकेको छ । लामिछानेले ४ जेठ २०७५ मा अमेरिकाको नागरिकता फिर्ताको प्रक्रिया अघि बढाएको र त्यसको निस्सा समेत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको बोहराले बताए ।

    केही दिनअघि  कुराकानीमा लामिछानेले आफूमाथिका पुराना सबै प्रश्न निरुपण भइसकेको बताएका थिए । ‘कुनै च्याप्टर मैले खुला राखेको छैन । सबै च्याप्टर मैले विधिवत रुपमा राम्ररी बन्द गरेको छु’ रविले भनेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन स्रोतका अनुसार लामिछानेले सुरुमा आफूले लिएको नागरिकताको प्रतिलिपी नै मनोनयनका क्रममा पेश गरेका छन् । उजुरीकर्ताको दावी अनुसार अमेरिकाको नागरिकता त्याग्ने प्रक्रिया अघि बढेपछि उनले फेरि नयाँ नागरिकता लिनुपर्ने थियो । उजुरीकर्ताले खारेज भइसकेको पुरानो नागरिकताको प्रमाणपत्र मान्य नहुने जिकिर गरेका छन् ।

    हामीले गृह प्रशासनमा लामो समय काम गरेका दुई प्रमुख जिल्ला अधिकारीहरुलाई नागरिकता त्याग र प्राप्तिको विषयमा कुराकानी गरेका थियौं । यसमा उनीहरुको समेत मत बाझिएको छ । एकजना प्रमुख जिल्ला अधिकारीले विदेशको नागरिकता पाएको र पछि त्यहाँको नागरिकता त्याग्ने प्रक्रिया अघि बढाएको निस्सा (प्रमाण) दर्ता गर्नासाथ स्वतः नेपाली नागरिक हुने बताए ।

    ‘विदेशको नागरिकता थियो र त्यो आधारमा नेपाली नागरिकता खारेज भएको हो भने विदेशको त्याग्नासाथ स्वतः नेपाली नागरिकता कायम हुन्छ, त्यही दिनदेखि नागरिकता सक्रिय हुन्छ भन्ने कानूनी व्यवस्था नै छ’ ती प्रमुख जिल्ला अधिकारीले भने, ‘उसको नागरिकता नै कायम हुने भएपछि पुरानो प्रमाणपत्र अवैध हो भन्न मिल्दैन । ऊ अरुसरह नागरिक भयो ।’ तर त्यस्तो अवस्थामा पुरानै नागरिकता नम्बर कायम राखेर प्रतिलिपी जारी गर्ने प्रचलन रहेको ती प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

    अर्का प्रमुख जिल्ला अधिकारीले भने विदेशको नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज हुने भएकाले त्यसको पुनः प्रयोग सम्भव नहुने बताए । ‘विदेशी नागरिकता लिएका कारण उनको नागरिकताको प्रमाणपत्र खोस्टो बराबर हुन्छ, खारेज भएकाले मान्य हुदैन’ उनी भन्छन्, ‘फेरि नेपालको नागरिकता लिन मन लागे विदेशको नागरिकता त्याग्नुपर्छ । त्यसपछि फेरि पुरानै खोस्टो वैध भयो भन्ने अर्थ लगाउन मिल्दैन ।’

    एस्तो छ अबको प्रक्रिया

    चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले कानुनमा भएको व्यवस्था अनुसार स्पष्टीकरण पेश गर्न लामिछानेलाई सात दिनको सुविधा हुने बताए । ‘स्पष्टीकरण पेश भइसकेपछि सबै कागजात र मिसिल निर्वाचन आयोगमा पठाउछौं’ उनले भने, ‘उजुरी परेकै आधारमा निर्वाचन प्रक्रिया नरोकिने कानुनी व्यवस्था छ, सबै प्रक्रिया अघि बढ्छ ।’

    यो व्यवस्था अनुसार रविले बुधबार स्पष्टीकरण पत्र बुझेमा मतदानको तीन दिन पछिसम्म स्पष्टीकरण दिने सुविधा पाउँछन् । त्यति बेलासम्म मतगणनाको प्रारम्भिक आँकडासमेत आउने देखिन्छ । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार, मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सबै कागजात आएपछि मात्रै आयोगले निर्णय गर्नेछ ।

    आयोगले लामिछानेको नागरिकता कायम नरहेको निष्कर्ष निकाल्यो भने उनको उम्मेदवारी बदर हुन्छ । आयोगको निर्णयविरुद्ध लामिछाने सर्वोच्च अदालत जान पाउँछन् । आयोगले लामिछानेको नागरिकता कायम रहेको निष्कर्ष निकाल्यो भने उजुरी खारेज हुन्छ र नियमित रुपमा प्रक्रिया अघि बढ्छ ।

  • subhayug
  • चितवन
  • चितवन - २
  • मुख्य निर्वाचन अधिकृत
  • रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • कान्स फिल्म भेस्टिभलमा प्रदीप खड्का

  • सिटिजन्स बैंक र क्लब ‘१०एक्स’ बीच समझदारी

  • एसिया छनोटको उपाधिका लागि नेपाल र थाइल्याण्ड आमनेसामने

  • आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने


  • समाचार
  • १

    कान्स फिल्म भेस्टिभलमा प्रदीप खड्का
    ३२ मिनेट अघि

  • २

    सिटिजन्स बैंक र क्लब ‘१०एक्स’ बीच समझदारी
    १ घण्टा अघि

  • ३

    एसिया छनोटको उपाधिका लागि नेपाल र थाइल्याण्ड आमनेसामने
    १ घण्टा अघि

  • ४

    आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने
    १ घण्टा अघि

  • ५

    महिमानसिंह विष्टलाई धरौटीमा रिहा गर्न आदेश
    १७ घण्टा अघि

  • ६

    गणतन्त्र दिवस २०८२ भव्यरूपमा मनाउन मूल समारोह समिति गठन
    १९ घण्टा अघि

  • ७

    एनआईटीसी खरिद प्रकरणमा पूर्व निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध अख्तियारमा मुद्दा
    २० घण्टा अघि

  • ८

    गुठी पीडाबाट मुक्तिका लागि विधेयक आवश्यक : सांसद माधव सापकोटा
    २२ घण्टा अघि

  • ९

    बाइडनलाई प्रोस्टेट क्यान्सर
    २२ घण्टा अघि

  • १०

    युएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० ग्लोबल छनोटमा प्रवेश
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    १ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    बाइडनलाई प्रोस्टेट क्यान्सर

    subhayug
    २

    श्रद्धाले छाड्नि एकता कपुरको चलचित्र

    subhayug
    ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    ४

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution