विराटनगर – आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ ।
शनिवार विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको जानकारी दिएका हुन् । ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ समूह सक्रिय छन्,’ प्रवक्ता पोखरेलले भने, ‘एउटा समूहमा ५–७ जना मात्रै पनि छन् । कुनै समूहमा धेरै संख्या पनि छ ।’
मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने उनले बताए । पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ । निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुने उनले बताए । प्रदेशस्तरीय गोष्ठीको उदघाटन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेशको सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार गम्भीर रहेको जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar