हेटौंडा – हेटौंडाको तरकारी बजारमा आगलागी भएको छ ।
बिहिवार दिँउसो हेटौंडा उपमहानगरपालिका – १० स्थित मुख्य बजार क्षेत्र टीसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको हो । मीना साहले सञ्चालन गर्दै आएको होटलबाट सल्किएको आगोले तरकारी बजारमा फैलिँदा लाखौंको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तरकारी बजारका होटलमा ग्यासका सिलिण्डर पनि भएको र ती सिलिन्डर पड्किँदा आगो निभाउन समस्या भएको थियो ।
तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । तरकारी बजारमा टिन र काठले बनाइएका छाप्रा रहेकाले पनि आगो छिटो फैलिएको कार्कीको भनाई छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar