धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत् धादिङको गल्छिमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
गएराती काठमाडौंबाट सिराहातर्फ जाँदै गरेको बा.प्र. ३ – ००१ ख ०७२२ नंं.को यात्रुबाहक बसले गल्छि गाँउपालिका वडा नं. ७ स्थीत् खेस्टेखोला पुलनजिकै मोटराईकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बा ९२ प २३६९ नंं.को मोटरसाईकलमा सवार थाँक्रे गाँउपालिका वडा नंं.११ घर भएका दुईजना घाईते भएका थिए ।
घाईते मध्येका मोटरसाईकल चालक २६ बर्षिय सुनिल थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएस्पी श्यामबहादुर खत्रीका अनुसार उक्त दुर्घटनामा परी मोटरसाईकलमा सवार अर्का ३४ बर्षिय रमेश लामा घाईते भएका छन् । उनको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।
दुर्घटनापछी आक्रोशित स्थानियले बसमा आगजनीसमेत गरेका थिए । आगजनीबाट बस पुर्णरुपमा क्षती भएको छ । आयो नियन्त्रणका लागी धुनिबेशी नगरपालिकाको दमकल प्रयोग भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar