धादिङ – आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा निर्वाचनमा धादिङ – १ मा सत्तारुढ दलका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे उम्मेदवार बनेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका बरिष्ठ नेता पाण्डे यस पटक भने प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका हुन् । पाण्डेको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठी रहेका छन् । यस क्षेत्र अन्तर्गत धुनीवेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनीघाट रोराङ्ग गाउँपालिका, सिद्धलेक गाउँपालिका पर्छन् ।
गत स्थानिय तहको निर्वाचनमा ती स्थानीय तहहरुमा निर्वाचित् वडा अध्यक्षको मतका आधारमा एमालेको ३७ हजार ७७८ मात्र मत रहेको छ भने माओवादीको २४ हजार ९२५, कांग्रेसको १९ हजार ४२३, नेकपा एकीकृत समाजवादीको ८ हजार ८३६ र राप्रपाको एक हजार २२२ मत छ । यस आधारमा त्यहाँ सत्तारुढ गठबन्धनकै प्रभाव उल्लेखिय देखिन्छ भने उक्त क्षेत्रमा पाण्डेको जित सुनिस्चीत् देखिन्छ ।
आगामी निर्वाचनका लागी सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीबाट पाण्डेसहित् प्रतिनिधिसभामा १९ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज भएपछि सो पार्टीबाट प्रतिनिधिसभातर्फ १८ जना मात्रै चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै स्थानीय तह निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्र अन्तर्गतका वडामा वडाध्यक्ष पदका उम्मेदवारले हासिल गरेको मत परिणामले पनि एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका १८ जना नै ‘ग्रीन जोन’मा रहेको देखिन्छ ।
एकीकृत समाजवादीले उम्मेदवारी दिएका अधिकांश निर्वाचन क्षेत्रमा सो पार्टी तेस्रो वा चौथो दलको रुपमा रहे पनि सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादीसहित गठबन्धनमा रहेका लोसपा र राजमोसहितको समर्थनमा उसका उम्मेदवार ‘ग्रीन जोन’मा देखिएका हुन् ।
एकीकृत समाजवादीबाट प्रदेश १ बाट प्रतिनिधिसभामा २ जना, मधेस प्रदेशबाट २ जना, बागमती प्रदेशबाट ४ जना, गण्डकी प्रदेशबाट २ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट ३÷३ जना उम्मेदवार रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar