धादिङ – आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक ढिक्का भएर लाग्ने गठबन्धनका उम्मेदवारहरुले प्रतिवद्धता जनाएका छन् ।
आज (आइतबार) धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवारहरुले आ – आफ्नो चुनावी एजेण्डा सुनाउँदै एक ढिक्का भएर लाग्ने प्रतिवद्धता जनाएका हुन् । उम्मेदवारहरुले समृद्ध धादिङ निमार्णका लागि सत्ता गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने बताएका छन् । त्यस्तै उम्मेद्वारहरुले आफ्नो चुनावी एजेन्डा र रणनीतिका बारेमा धारणा राख्दै समृद्ध धादिङका लागि सत्ता गठबन्धनको जितको विकल्प नभएको समेत बताएका छन् ।
कार्यक्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश (ख) का उम्मेदवार शालिकराम जमकट्टेलले गएको ५ वर्षे कार्यकालमा स्वास्थ्य, शिक्षा, यातायात भौतिक पूर्वाधारको क्षेत्रमा थुप्रै प्रगति भएकोले यो पटक आफु थप महत्वपुर्ण गौरवका योजनाहरु लिएर प्रचारमा जाने बताए । उनी नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज पनि हुन् । त्यस्तै ठाउँ अनुसार शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारको विकासमा जोड दिदै बढ्दो वैदेशिक पलायनलाई रोक्नका लागि मूख्य पहल आफ्नो रहने नेपाली कांग्रेस धादिङका सभापति एवं संघीय निर्वाचन क्षेत्र नं। २ धादिङका उम्मेदवार रामनाथ अधिकारीले बताए ।
यस्तै कार्यक्रममा संघीय निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेद्वार नेकपा माओवादी नेता जगत सिंखडाले उत्तरी धादिङको मुहार फेर्नको निम्ति आफ्नो कार्यकालमा महत्वपुर्ण भुमिका खेलेको र जनताले पनि महसुस गरेकोले पुनःआफुले उम्मेदवारी दिएको बताए । आम नागरिकले दैनिक भोग्दै आएका समस्याहरु र सरकारी कार्यालयहरुमा हुने बेथितिका साथै धादिङबेसी बजार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने संघीय निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेद्वार गोविन्द लम्सालले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar