काठमाडौं – विश्व बजारमा कच्चा तेलको भाउ ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
विश्व अर्थतन्त्र मन्दीमा जाने खतरा र तेलको माग कमजोर हुने चिन्ताबीच कच्चा तेलको भाउ दबाबमा आएको बताइएको छ । अहिले तेलको मूल्यमा आएको कमी प्रमुख पेट्रोलियम निर्यातकर्ता देशहरुको समूह (ओपेक) र समूह बाहिरका प्रमुख तेल उत्पादकहरुले तेलको उत्पादन कटौती गर्ने निर्णय गरेपछि तेलको भाउमा भएको वृद्धि भन्दा धेरै हो ।
हप्ताको अन्तिम दिनको कारोबारमा लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ ३ दशमलव १ प्रतिशतले घटेर प्रतिब्यारेल ९१ डलर ६३ सेन्टमा आएको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको भन्दा २ डलर ९४ सेन्ट कम हो ।
गएको महीना अमेरिकाको कोर मुद्रास्फीतिमा ४० वर्षयताकै उच्च वार्षिक वृद्धि भएको तथ्यांक सार्वजनिक भएपछि आगामी नीतिगत बैठकमा फेडरल रिजर्भले तीव्र दरमा ब्याजदर बढाउने अनुमान बलियो बनेको छ भने विश्व अर्थतन्त्र मन्दीमा जाने जोखिम झनै चुलिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar