काठमाडौं – तिहार सुरु हुन दुई साता बाँकी छदै बजारमा चहल पहल बढ्ने क्रम सुरु भएको छ ।
तिहारको चहल पहल बढेसंगै भाइमसला र फलफूलको मुल्य बढने क्रम पनि सुरु भएको छ । तिहारमा सबैभन्दा बढि व्यापार हुनेमा भाईमसला र फलफुल रहेको छ । यी सामानहरुको मुल्य पनि पसलै पिच्छे फरक – फरक रहेका छन । तिहार नजिकिने क्रमसंगै त्यस्ता सामानको मुल्य पनि बढ्ने गरेको हो ।
झिलिमिली बत्ती, फूल माला र मसलाको मात्रै करोडौ रुपैयाको व्यापार तिहारमा हुने गर्छ ।उपत्यकाका विभिन्न पसलहरूमा यस्ता वस्तुहरूको व्यापार सुरु भैसकको किराना व्यवसायी तथा खुद्रा व्यापार संघले जनाएको छ । सामान्य अवस्थामा भन्दा तिहारको समयमा भाइ मसलासँग सम्बन्धित वस्तुहरूको व्यापार ५० प्रतिशतले धेरै हुने संघको भनाइ छ ।
विगतमा कोरोना महामारीबाट प्रभावित बजारमा पुन डेंगी लगायतका रोकको प्रकोपले चहल–पहल कम गराएको व्यवसायीहरुको भनाई छ । सोही कारण यो बर्ष पनि अपेक्षा गरे अनुसार व्यापार हुन नसक्ने व्यवसायीहरुको भनाई छ भने बढ्दो मुल्यबृद्धिले उपभोक्ता पनि सामान खरिदबाट पछि हट्न थालेका छन ।
तिहारमा सबैभन्दा बढी मसलाको रूपमा प्रयोग हुने काजु, बदाम, पेस्ता, किसमिस, नरिवल, छोकडा, सुपारी, ओखर, मखना र मिस्री लगायतका बस्तु हुन । यो वर्ष यीमध्ये धेरैजसो मसालाको मूल्य गत वर्षको भन्दा महंगो भएका छन । किराना व्यवसायी तथा खुद्रा व्यापार संघका महासचिव अमुल काजी तुलाधारका अनुसार गत वर्षको तिहारको तुलनामा केही बस्तुको मुल्य बढेको छ भने केही बस्तुको मुल्य घटेको छ ।
काजु, पिस्ता, छोकडाजस्ता वस्तुको मूल्य बढेको छ । नरिवल, खुर्पानीजस्ता वस्तुहरूको मूल्य भने अघिल्लो बर्षको भन्दा सामान्य मात्रै बढेको संघले बताएको छ । तिहारमा खपत हुने अधिकांस बस्तु आयात भएर आउने हुँदा मुल्य बढ्ने गरेको पनि तथ्यांंकले देखाएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार ड्राइफ्रुट्स अर्थात भाइमसलाका लागि आवश्यक सामानको मुल्य गत वर्षभन्दा बढेको छ । सामानको मूल्य बढेसँगै ग्राहकले सामान खरिदको मात्रा पनि कम गरेको गुनासो व्यवसायीहरुको छ । तर न्युरोडको मखन गल्ली भने उपभोक्ताले खचाखच रहेको छ ।
तिहारका लागि विशेषगरी ओखर, छोकडा, काजु, किस्मिस, बदाम, पेस्ता, मखनलगायत सामानको कारोवार भने तिहार सुरु नहुदै हुन थालीसकेको छ । विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा भारतबाट ४ लाख ३४ हजार ३२ किलो र इन्डोनेसियाबाट ५ किलो गरी ४ लाख ३४ हजार ३७ किलो नरिवल नेपाल भित्रिएको थियो । सो नरिवल नेपाल भित्रिँदा ९ करोड ६७ लाख १६ हजार रुपैयाँ बिदेसिएको पनि तथ्याकंले देखाएको छ । गत वर्ष प्रतिकिलो नरिवल नेपालमा भित्रिँदा अधिकतम मुल्य २ सय २३ रुपैयाँ परेको देखिन्छ ।
सोही नरिवल आर्थिक वर्ष २०७९/८० को भदौमा भारतबाट ४ लाख २४ हजार ६ सय ९७ किलो र मलेसियाबाट ८ हजार किलो गरी कुल ४ लाख ३२ हजार ६ सय ९७ किलो नेपाल भित्रिएको छ । उक्त नरिवल खरिद गर्न १० करोड ४९ लाख १२ हजार रुपैयाँ खर्च भएको पनि विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । उक्त नरिवलको संख्या र मूल्यलाई आधार मानेर हिसाब गर्ने हो भने यो वर्ष प्रतिकिलो नरिवल नेपालमा भित्रिँदा अधिकतम २ सय ४३ रुपैयाँसम्म परेको देखिन्छ । यो अघिल्लो बर्षको भन्दा २० रुपैयाँ बढी हो ।
यो संगै गत वर्षको भदौमा ३ लाख ७५ हजार ३ सय ७३ किलो बदाम प्रतिकिलो ६ सय ५ रुपैयाँका दरले नेपाल भित्रिएको थियो । सोही बदाम चालु आर्थिक वर्षको भदौमा प्रतिकिलो ७ सय ९ रुपैयाँको दरले १ लाख ४० हजार ४ सय ७३ किलो नेपाल भित्रिएको छ । बदामको मुल्य गत वर्षभन्दा यो वर्ष नेपाल भित्रिँदा प्रतिकिलो १ सय ४ रुपैयाँले बढेको भन्सारको तथ्याकंकले देखाएको छ । गत वर्षको भदौमा ३ लाख ७५ हजार ३ सय ७३ किलो बदाम नेपाल भित्रिएकोमा यो वर्ष १ लाख ४० हजार ४ सय ७३ किलो मात्रै भित्रिएको छ । जसको कारण मुल्य बढेको हो ।
श्रेष्ठ ड्राइफ्रुड्का सञ्चालक श्याम श्रेष्ठ नरिवल र छोकडाको अभाव रहेका बताउछन । श्रेष्ठ जस्तै अधिकांस पसलमा छोकडा र नरिवल नै नरहेको व्यवसायीहरुले बताए । नरिवल र छोकड भएको पसलमा अरु भाइमसला खरिद नगरे त्यस्ता सामान समेत नदिने गरेको उपभोक्ता सरु के.सी.ले सौर्य संग बताईन ।
भाइ मसलाको मुल्य स्थिति
अहिले पेष्ताको मुल्य किलोको २ हजार रुपैया पुगेको छ । गत वर्ष प्रतिकेजी पेस्ताको मूल्य १ हजार ७ सयदेखि १ हजार ८ सय रुपैया सम्म रहेको थियो । त्यस्तै, छोकडाको मूल्यमा पनि यो वर्ष वृद्धि भएको छ । प्रतिकेजी छोकडाको मूल्य ४ सय ५० रुपैयाँ रहेको छ । गत वर्ष छोकडा प्रतिकेजी २ सय ४० देखि २८० रुपैयाँ सम्म रहेको थियो ।
किसमिस, काजु, खुर्पानी, अञ्जीर जस्ता वस्तुहरूको मूल्य भने झिनो मुल्यले मात्रै बढेको छ । यी वस्तुहरू गत वर्ष जुन मूल्यमा बिक्री भएका थिए, यो वर्ष पनि खुद्रामा सोही मूल्यमा बिक्री भइरहेको दावी संघले गरेको छ ।
भारत,चीन र तेश्रो मुलुकबाट आयात
तिहारको बिक्री हुने अधिकांश भाई मसला भारत, चिन र तेश्रो मुलुकबाट आयात हुने गरको छ । मखना र ओखर बढी जसो चीनबाट आयात हुने गरेको तथ्यांक रहेको छ । हाडे बदाम भारत, अमेरिका र अस्ट्रेलियालगायतका देशबाट नेपाल आउने गर्छ । त्यसै अफगानिस्तान, भियतनाम, कतार, थाइल्यान्ड, अमेरिकालगायत अन्य मुलुकबाट अन्य भाइ मसला आउने गरेको छ । तर तिहारमा कति परिमाणमा भाई मसाल बिक्री हुन्छ भन्ने तथ्यांकको आधिकारीक विवरणको भने अभाव रहेको छ ।
तिहारमा डेड करोड फूल आयात
यो वर्ष पनि फूलमा परिनर्भरता कायमै रहने भएको छ । तिहारको लागि आन्तरिक बजारले धान्न नसक्ने भएपछि भारतबाट १ करोड ५० लाख रुपैयाँको फूल तथा मालाहरू आयात गर्नुपर्ने देखिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलले बताएका छन ।
आन्तरिक उत्पादनले नपुग्ने भएपछि गत वर्षको तिहारमा जस्तै यो वर्ष पनि फूल तथा फूलका माला आयात गर्नुपर्ने देखिएको हो । प्रत्येक वर्षको तिहारमा फूल तथा मालाको माग बढ्दै गएकोले आन्तरिक उत्पादनले अझ सम्म पनि मागलाई पुरा गर्न सकेको छैन । यो वर्ष भारतबाट एक करोड ५० लाख रुपैयाँको ३ लाख माला आयात गर्नुपर्ने आंकलन एसोसियसनको छ ।
तिहारमा मात्र १४ करोड रुपैयाँको फूल तथा माला खपत हुने भएकाले आन्तरिक उत्पादनले मात्रै बजार माग र आपूर्तिको सन्तुलन कायम हुन नसक्ने व्यवसायीहरु बताउछन । वार्षिक कारोवारको ५० प्रतिशत फूल तथा मालाहरू तिहारमा मात्रै खपत हुने गरेको अन्य पुष्प व्यवसायीहरुले बताएका छन । एक बर्र्षको अवधिमा फूल तथा मालाहरू ३३ देखि ३५ करोड रुपैयाँको खपत हुने गरेको आकलन एसोसियसनको छ । यसमा ५० प्रतिशत फूल र माला आयात गर्ने गरेको र माग पनि वार्षिक १५ प्रतिशतले बढ्दै गएको एसोसियसनको भनाई छ ।फूलको व्यवसायिक उत्पादन हुन सकेको छैन ।व्यवसायिक रूपमा उत्पादन हुन नसक्दा प्रत्येक वर्ष फूलको लागि पनि भारतकै भरपर्नुपर्ने अवस्था सिर्जना भएको छ । देशमा उत्पादन हुने फूलले नपुगेर आयात गर्नुपर्ने बाध्यता रहेको छ । फूलको व्यापार विशेषगरी तिहारमा नै बढी हुने भएकाले कृषकले व्यावसायिक रूपमा फूल उत्पादन नगर्दा आन्तरीक मागलाई समेत धान्न सक्ने अवस्था कम भएको हो ।
पछिल्लो समय स्थानीयस्तरमा पनि फूल व्यवसाय बढ्दै गएको छ । समयमा बिउ र मल नपाउँदा कृषिकलाई समस्या हुने गरेको छ । एसोसियसनका अनुसार प्रत्येक वर्ष फूल उत्पादक कृषकको संख्या बढ्दै गएको छ । तर, माग पनि बढ्दै गएकोले माग र आपुर्तिको सन्तुलन मिल्न सकेको छैन । सोही कारण फूलको आयात गर्नुपरेको हो ।
तर ग्रामिण क्षेत्रमा अझै पनि फूल उत्पादनमा वेवास्ता नै हुने गरेको छ । खेत बारीको डिलमा समेत खेती गर्न सकिने फूलमा समेत ग्रामिण क्षेत्रका युवाको वेवास्ताले गर्दा उत्पादन हुन सकेको छैन । स्थानीयस्तरमा अधिकांशले आफूलाई मात्र प्रयोग गर्नलाई फूल उत्पादन गर्दा सहर बजारमा बस्नेका लागि फूल आयात गर्नुपर्ने अवस्था बनेको हो ।
धेरै जसो व्यक्तिलाई व्यावसायिक रूपमा फूल उत्पादनबाटा मुद्राको आयआर्जन हुन्छ भन्ने कुराको ज्ञान अभाव समेत रहेको छ । सोही कारण फूल व्यावसायले तीव्रता पाउन नसकेको हो । तर, सहरी क्षेत्रका केही स्थानमा भने व्यावसायिक रूपमा फूलको उत्पादन भएपनि यो साह्रै नगण्य अवस्थाको मात्रै रहेको छ । मुलुकको अधिकांश ग्रामिण क्षेत्र सडक संजालमा आवद्ध भैकसेको हुँदा बाँझो जमिनमा फूल व्यवसाय गरेर आयआर्जन बढाउन सकिने विकल्पको समेत प्रयोग हुन सकेको छैन ।
यस्तो अवस्थामा समेत फूलको बजारीकरण हुन नकस्दा स्वदेशी फूल उत्पादक किसानलाई बजारको चिन्ता अझै पनि कायमै रहेको छ । स्थानीय स्तरमा उत्पादन भएको फूलको बजारीकरण नहुँदा फूल उत्पादन फस्टाउन नसकेको अधिकांस किसानहरुको भनाई छ । खेत बारीमा भएको फूल टिपेर काठमाडौ लान समस्या हुने गरेको र काठमाडौमा पनि भारतबाट आयातित फूलको बचस्र्व रहेको कारण किसानलाई फूल बिक्रीमै समस्या हुने गरेको उनिहरुको गुनासो छ ।
काठमाडौंमा प्रत्येक वर्ष जसो फूल तथा माला आयात गर्नुपर्ने व्यवसायीले बताए पनि ग्रामिण क्षेत्रमा रहेको फूल बिक्री नै मुख्य समस्या रहेको अधिकांश किसानको गुनासो रहेको छ । कतिपय व्यवसायीहरू कमिसनको लोभमा भारतबाट आयात गरिएका फूलका माला तथा फूल बजारमा पु¥याउन तयार हुने तर स्थानीय उत्पादनको बजारीकरणमा निस्कृय रहने गरेको अर्को मुख्य समस्याको रुपमा रहेको किसानहरुको भनाई छ ।
स्थानीय सरकारले पनि आवश्यक पहल नगरिदिँदा स्थानीय कृषकहरू पलायन हुनुपर्ने बाध्यता बढ्दै गएको छ । तर, फ्लोरिकल्चर एसोसिएसनका महासचिव पोखरेल भने स्थानीय स्तरमा खेतबारी बाँझो छोडेर विदेशीने जनशक्ति बढेकाले आन्तरिक उत्पादन बढ्न नसकेको तर्फ जोड दिन्छन ।
नेपालको सायपत्री फूल अमेरिकादेखि युरोपका मुलुकहरूमा पनि निर्यात हुने गरेको छ । नेपालीहरू विभिन्न देशमा छरिएर रहेकाले उनीहरूले नेपालको फूल तिहारको समयमा खरिद गरेर लग्ने गरेको पनि एसोसियसनले बताएको छ । नेपालको सयपत्री फूल निर्यात पनि हुने गरेको छ । तर, कतिको निर्यात हुन्छ भन्ने एकिन तथ्यांकको भने अभाव रहेको छ । प्रतिमाला ५० रुपैयाँका दरले व्यसायीले होलसेलमा फूल खरिद गर्ने गरेको र खुद्रा पसलमा भने माला ७० देखि ८० रुपैयाँसम्म पर्ने गरेको संघले बताए पनि खुद्रा पसलको बजार मुल्यमा एकरुपता रहेको छैन । ७०/८० रुपैयामा पाउने फूलको मालाको मुल्य एक सय देखी एक सय २० रुपैया सम्म बिक्री हुने गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar