काठमाडौं – डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ ।
डेंगुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु पुष्टि भएको छ । डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ७६३ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको सङ्ख्या ६ सय ६७ छ ।
नेपालमा हालसम्म १० लाख एक सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ लाख ८७ हजार चार सय ३८ कोरोना संक्रमणमुक्त भएका छन् । बाह« हजार १८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । आज ३० हजार आठ ७६ जनाले कोरोना संक्रमण विरुद्धको खोप लगाएका छन् ।
हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८४ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा लगाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar