धादिङ – धादिङमा नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष नेत्रराज पौडेलले पार्टीमा बिद्रोह गरी बागी उम्मेदवारी दर्ता गरायका छन् ।
एमाले धादिङका पूर्व जिल्ला अध्यक्ष तथा पुराना कम्युनिस्ट नेताका रुपमा परिचित् नेत्रराज पौडेलले धादिङ प्रतिनिधीसभा १ को प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेमा उच्च छवी बनाँउदै पार्टीमा अतुलनिय योगदान गरेका नेता पौडेललाई पाखा लगाउँदै पार्टीले नेता रमेशकुमार आचार्यलाई टिकट दिएपछि पौडेलले बागी उम्मेदवारी हालेका हुन् ।
स्वतन्त्र उम्मेदवारी दर्ता गराँउदै नेता पौडेलले एमालेभित्रको दम्ब घमण्ड र स्वेच्छाचारिताको बिरुद्ध आफुले उम्मेदवारी दर्ता गराएको प्रतिक्रिया दिएका छन् । उम्मेदवारी दर्ता गर्दै पौडेलले एमालेभित्र एकलौटी शासन, अराजक भुमिका, दम्ब घमण्ड र स्वेच्छाचारिताको अवशेसहरु रहेको बताए । ‘एमालेभित्र अझैपनि सामन्त सोच भएका, एकलौटी शासन, अराजक भुमिका, दम्ब घमण्ड र स्वेच्छाचारिताको अवशेसहरु रहेका छन् । जसको शिकार आज म आफु भएको छु । तर पार्टीभित्र अन्तरद्धन्द गर्दा पनि आफुविरुद्ध तिकडमबाजी भएपछी त्यसका बिरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएको हुँ ‘ उनले भने ।
पौडेलले आफुलाई जवरजस्त पाखा लगाई कनिष्ठलाई टिकट दिएर पार्टीमा योगदान र त्याग गरेकाहरुमाथी अपहेलना गरेकोसमेत बताए । त्यस्तै उनले आफ्नो भुमिकालाई धादिङका जनताले मुल्यांकन गरेको भन्दै आफुबिरुद्ध लाग्ने पार्टीका केहि नेताहरु र प्रतिद्धन्दीहरुलाई तिनै जनताले ठेगान लगाउनेसमेत दावी गरे ।
पौडेलले एमालेबाट धादिङ प्रतिनिधीसभा क्षेत्र नं.१ का उम्मेदवार भुमिप्रसाद त्रिपाठी र सोहि प्रतिनिधीसभाको प्रदेशसभा (क) बाट उम्मेदवारी दिएका रमेशकुमार आचार्यप्रति इंगित गर्दै उनिहरुलाई पराजीत गर्न भुमिका खेल्नेसमेत शंकेत गरे ।
धादिङ प्रतिनिधीसभा क्षेत्र नं.१ अन्र्तगत् प्रदेश सभा (क) मा एमालेले पौडेललाई टिकट दिनाको सट्टा पार्टी बागमती प्रदेश कमिटी सदस्य रमेशकुमार आचार्यलाई टिकट दिएको छ ।
आचार्यले लामो समय एमाले अध्यक्ष केपी शर्माका स्वकीय सचिवको भूमिकामा काम गरेका थिए । सोहि कारण ओलीको ठाडो निर्देशनमा आचार्यले टिकट पाएको एमाले निकट श्रोतले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar