चितवन – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गर्ने भएका छन्।
निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन पत्र दर्ताको समय निर्धारण गरेको छ। पाण्डेले आमाको देहावसानको १२ औं दिनका कारण आफू स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएको जानकारी दिएका छन्।
‘म आमाको देहावसानको १२ औं दिन का कारण आफु स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएको छु र वारेसवाट उम्मेदवारी दाखिला गर्दैछु।’ – उनले भने,‘पार्टीका सवै नेता, कार्यकर्ता, शुभेच्छुकसंग आज संगै हुन सकिन। २५ गतेदेखि म तपाईंहरुसँगै हुनेछु।’
निर्वाचन आयोगले, आज मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा आज सम्बन्धित उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने जनाएको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट पारेका छन्।
उता नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वारेसबाट उम्मेदवारी दर्ता गराउने बताईसकेका छन् ।
पाण्डेको आमा मनमाया पान्डेको गत असोज १३ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar