धादिङ – नेकपा एकिकृत समाजवादी पार्टीका उपाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वारेसबाट उम्मेदवारी दर्ता गराउने भएका छन् ।
निर्वाचन आयोगले आज (आइतबार) बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन पत्र दर्ताको समय निर्धारण गरेको छ। पाण्डेले आमाको देहावसानको १२ औं दिनका कारण आफू स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएको सामाजिक संजालमार्फत् जानकारी दिएका छन्।
फेसबुकमा पाण्डेले लेखेका छन् -‘आज निर्वाचन आयोगले मंसिर ४ मा हुने निर्वाचनको लागि प्रतिनिधि सभा र प्रदेस सभा उम्मेदवारीको लागी तोकिएको दिन हो । म आमाको देहावसानको १२ औं दिन का कारण आफु स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएकोले वारेसवाट उम्मेदवारी दर्ता गराउदै छु । पार्टीका सवै नेता, कार्यकर्ता, गठबन्धन आबध्द दलका साथीहरू शुभेच्छुकसंग आज संगै हुन सकिन । केहिदिन पछि तपाइहरूसगै मोर्चामा सहभागी हुनेछु। कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दछु ।’
निर्वाचन आयोगले, आज मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा आज सम्बन्धित उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने जनाएको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट पारेका छन्।
पाण्डेको आमा मनमाया पान्डेको गत असोज १३ गते ८७ वर्षको उमेरमा निधन भएको थियो । सोहि कारण पाण्डे आज १२ ओं दिनको कारण उम्मेदवारी दर्ता गर्न आउन नपाउने भएका हुन् ।
पाण्डेले सत्तारुढ गठबन्धनको सहयोगमा नेकपा एकिकृत समाजवादी पार्टीबाट धादिङ निर्वाचन क्षेत्र नं. – १ बाट उम्मेद्वारी दिँदै छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar