काठमाडौं – सत्तारूढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेलका लागि सहमति भएको छ।
शनिबार भएको सहमितमा लोसपाले प्रतिनिधि सभातर्फ सात सिट पाएको छ । सहमतिसँगै लोसपाले प्रतिनिधि सभातर्फका उम्मेदवार पनि टुंग्याएको छ। यस्तै लोसपाले प्रदेश सभातर्फ १६ सिटमा सहमति गरेको छ। लोसपाका अनुसार सप्तरी २ मा जयप्रकाश ठाकुरले टिकट पाएका छन्।
यस्तै धनुषा ३ मा अनिलकुमार झा, महोत्तरी २ मा शरतसिंह भण्डारी, महोत्तरी ३ मा महन्थ ठाकुर, सर्लाही १ मा रामप्रकाश चौधरी, बारा ३ मा प्रमोद गुप्ता र पर्सा १ मा लक्ष्मणलाल कर्णले टिकट पाएका छन् । सर्लाही २ मा भने मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ। त्यहाँका लागि लोसपाले राजेन्द्र महतोलाई उम्मेदवार बनाएको छ।
लोसपा नेता लक्ष्मणलाल कर्णका अनुसार गठबन्धनले दिएको प्रतिनिधि र प्रदेश सभाका सबै सिट मधेश प्रदेशकै हुन् । बाँकी क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने कर्णले बताए । जसपा गठबन्धनबाट बाहिरिएपछि लोसपाले गठबन्धनसँग मधेश प्रदेशका लागि सहमति गरेको हो ।
यस्तो छ लोसपाका उम्मेदवारको सूची
१.सप्तरी २ जय प्रकाश ठाकुर
२.धनुषा ३ अनिलकुमार झा
३.महोत्तरी २ शरत सिंह भण्डारी
४.महोत्तरी ३ महन्थ ठाकुर
५.सर्लाही १ राम प्रकाश चौधरी
६.सर्लाही २ राजेन्द्र महतो [मित्रवत प्रतिस्पर्धा]
७.बारा ३ प्रमोद गुप्ता
८.पर्सा १ लक्ष्मण लाल कर्ण
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar