काठमाडौं – नेकपा एमालेले पूर्व उपमहासचिव घनश्याम भूसाल र भीम रावललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नै नबनाउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूची सचिव छविलाल विश्वकर्मालाई दिएका छन् । उक्त सूचीमा भुसालको नाम छैन । एमाले अध्यक्ष ओलीको सूचीलाई अस्वीकार गर्दै १० औं महाधिवेशनमा अध्यक्ष लडेका भीम रावललाई पनि टिकट दिइएको छैन । उनी अछाम – १ बाट सर्वसम्ममत सिफारिस भए पनि झपट बोहोरालाई टिकट दिइएको छ ।
एमालेको १०औं महाअधिवेशनमा ओलीले घोषणा गरेको सूचीमा असहमत भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । त्यसयता पनि उनले अध्यक्ष ओलीमाथि प्रश्न उठाउने गरेका थिए । एमालेको क्षेत्रीय कमिटीले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस भएको थियो । भुसाल स्वयं भने आफ्नो घर भएको क्षेत्र रुपन्देही १ बाट उम्मेदवार हुन चाहन्थे । तर जिल्लाले उनको नाम पठाएन ।
क्षेत्र नम्बर ३ मा भूसाल र घिमिरेको नाम मात्र सिफारिस भयो । एमाले नेतृत्वले यो क्षेत्र तालमेलका लागि छुट्याएको छ । यो क्षेत्रमा एमालेले राप्रपाका वरिष्ठ नेता दीपक बोहोरालाई समर्थन गर्ने सम्भावना छ ।
राप्रपाका एक पदाधिकारीले पनि रुपन्देही ३ आफूहरुले पाउने पक्का भएको बताउँछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar