हेटौंडा – हेटौंडाको चुरियामाईमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पुर्व – पश्चिम सडक खण्डमा अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर – १५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिदा २ जनाको मृत्यु भएको हो भने अन्य ३७ जना घाइते भएका छन् ।
काठमाडौंबाट यात्रु बोकेर दमकतर्फ जाँदै गरेको ना.७ ख २०३२ नम्बरको बस गएराति साँढे १२ बजेको समयमा आफै अनियन्त्रित भई नालीमा खसेको थियो । मृत्यु हुनेमा मोरङ बेलबारी – ८ बस्ने बर्ष ५१ की कल्पना राजवंशी र झापा दमक – ५ बस्ने बर्ष ६० को दिल्ली बहादुर दर्जी रहेका छन् ।
उनीहरुको उपचारका क्रममा चुरेहिल अस्पताल र हेटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए । त्यस्तै दुर्घटनामा खोटाङ काडबेसी घर भई हाल सुनसरी ईटहरी – ९ खनार बस्ने बर्ष २२ को चन्डिका प्रसाद दाहाल, सुनसरी धरान – १७ बस्ने बर्ष ३८ को सुमन बराइली, मोरङ सुन्दरहरैचा – ६ बस्ने बर्ष २५ को विशाल गुरुङ घाइते भएकोले चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।
त्यसैगरी ललितपुर महालक्ष्मी – ८ लुभु बस्ने बर्ष – ५० को चक्र बहादुर बस्नेत र उनकी छोरी बर्ष १७ कि दिव्या बस्नेतको काठमाण्डौं स्थित बि एण्ड बि अस्पतालमा उपचारको लागि पठाइएको उनले बताए । ताप्लेजुङ सुकेजा – ३ बस्ने बर्ष २४ को टंक बहादुर खड्का, इलाम सुलाचुली – १ बस्ने बर्ष ४० कि माया अधिकारीको हेटौंडा स्थित सन्चो अस्पतालमा उपचार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar