नवलपरासी पश्चिम – जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले इजाजत प्राप्त हतियार स्थानीय प्रहरी कार्यालयलाई बुझाउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले एक सुचना जारी गर्दै अगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष,शान्तिपूर्ण र भयरहित वातावरणमा बनाउन जिल्ला भित्र रहेका इजाजतपत्र प्राप्त सम्पुर्ण हातहतियार बुझाउन अनुरोध गरेको हो ।
यही कार्तिक ५ गतेभित्र स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य रुपमा बुझाउन हातहतियार खरखजाना ऐन २०१९ को ८ बमोजिम इजाजतपत्र प्राप्त सम्पुर्ण व्यक्तिहरुमा अनुरोध गरिएको हो । सथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको एक हप्तापछि सम्बन्धीत् प्रहरी कार्यालयमा सम्पर्क गरि आ आफ्नो हातहतियार बुझिलिन समेत सुचनामा उल्लेख गरिएको छ ।
इजाजतपत्र प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar