धनकुटा – नेकपा एमालेका नेता तथा निवर्तमान सांसद राजेन्द्र राईले धनकुटाको पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्की दिएका छन्।
आज बिहीबार दिउँसो पौडेललाई फोनमार्फत राईले ज्यान मार्ने धम्की दिएका हुन् । आफूहरुलाई हेप्ने गरेको भन्दै निवर्तमान सांसद राईले पौडेलको अस्तित्व समाप्त पारिदिने धम्की दिएको बताईएको छ । प्राप्त अडियोमा राईले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्रै पौडेलले पनि बचाउन नसक्ने भन्दै पौडेललाई चेतावनी दिएका छन् ।
प्राप्त अडियोमा उनी यत्तिमै रोकिएका छैनन् । ‘तपाईं जति मान्छे कति झुण्डाएर हान्देको छु थाहा छ ? हान्न बाँकी छ, तपाईंले डडाल्नो दह्रो बनाएर राख्ने कुरा यत्ति क्लियर हो,’ उनले भनेका छन् । धनकुटा छोडेर नगए देखाइदिने राईको चेतावनी छ ।
राईले ज्यान मार्ने धम्की दिएपछि पौडेलले सरकारका निकायसँग सुरक्षा माग गरेका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar