काठमाडाैं – पूर्ब राजा ज्ञानेन्द्र शाहले बाहिरिया भित्र्याउने खेल भएको र नेपालीलाई धरापमा पार्ने प्रपंच भएको आरोप लगाएका छन् ।
बडा दशैं २०७९ को उलक्ष्यमा एक शुकामना सन्देश दिदै यस्तो आरोप लगाएका हुन् । ‘एकातिर होनाहार नागरिकहरु बाहिर गएर भू भाग र हामीलाई उजाड पारिरहेका छन् भने अर्को तिर बाहिरियाहरुलाई भित्र्याउने र वास्ताविक नेपालीलाई धरापमा पार्दै जाने प्रपंच प्रति चिन्ता र चासो बढेको छ’ उनले सन्देशमा भनेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले भनेका छन् ‘पूर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ । आफ्ना सनातनि मूलभूत महिमालाई विथोलेर केही संरचना बदलेर केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछ पूर्वराजा शाहले भनेका छन्, ‘त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्यचेतना आउनु आवश्यक छ ।’
उनले पदलोभ र भागबण्डामा राजनीतिक केन्द्रित हुँदै गएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन् । शाहले भनेका छन्, ‘आज आस्था, सिद्धान्त र जनविश्वासका दृष्टि ती कति निष्ठावान र जनउत्तरदायी रहे भन्ने जल्दोबल्दो प्रश्न बनेको छ । पदलोभ सत्तास्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोग्नेका लागि राजनीतिक केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ?’
कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाका सबै अंगभित्र विवाद, विग्रह र विकृति बढेकोले सर्वत्र प्रश्न उठेको उनको भनाइ छ । ‘यो अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविष्यप्रति र भविश्य निर्माणको कुनै भरोसा छैन । दायित्व के, गर्ने के, गर्नु नहुने के, न्यायिक मूल्यक के हो र के हैन यो सबै कुराको मूल्यांकन कसले गर्ने र कोबाट हुने ?, उनको प्रश्न छ । देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था संगठन एवं प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको शाहको जिकिर छ ।उनले देश असफलतातिर धकेलिन लागेको टिप्पणी गरेका छन् । ‘स्वतन्त्र सार्वभौम नेपालललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत, सक्षम र समृद्धिको पुनर्निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ । नेपाललाई फेरि महान बनाउनुपरेको छ’ शाहले शुभकामना सन्देशमा भनेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar