धादिङ – बागमती प्रदेश सरकारले धादिङका नवनिर्वाचित वडा अध्यक्षहरुलाई स्थानीय सरकार संचालन सम्बन्धी अभिमुखिकरण गराएको छ ।
प्रशासन संचालन, सेवा संचालन र विकास निर्माणको काम गर्दा आउन सक्ने जटिलता न्युनिकरण गराउन प्रदेश सुशासन केन्द्र मार्फत प्रदेश सरकारले वडा अध्यक्षहरुलाई अभिमुखिकरण गराएको हो । भुगोल र परिवेश अनुसार स्थानीय सरकारको कार्य सम्पादन शैली फरक फरक हुनसक्ने भएपनि सानो कमजोरीले भविश्यमा ठूलो दुर्घटना नहोस् भन्नाको लागि यस्ता अभिमुखिकरणको आवश्यकता रहेको बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताए ।
कार्यसम्पादन शैलीमा आधुनिकता र स्थानीय विशिष्टता समाहित गर्नु आजको सान्दर्भिकता र आवश्यकता रहेको पनि उनले बताए । संघीयतापछिको पहिलो जनप्रतिनिधिहरु केही काम नजानेकै कारण विवादित हुनुपरेको स्मरण गराउनुहुँदै मुख्यमन्त्री पाण्डेले दिगो विकास लक्ष्य र आवधिक योजनालाई आ – आफ्नो विशिष्ट शैलीले विकास कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।
स्थानीय सरकारलाई बलियो बनाउन त्यसका लागि बनेका कानूनको कार्यान्वयन महत्वपूर्ण हुने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।जनतालाई नजिकबाट सुन्ने, देख्ने र हेर्ने स्थानीय सरकार नै हो । संविधान प्रदत्त अधिकारबाट संघले निर्माण गरेका कानून र गाउँ वा नगर सभाबाट बनेका कानून मार्फत स्थानीय सरकारले विकास निर्माण र नियमनकारी काम गर्दै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar