काठमाडौं – रुसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदै छ ।
सांघाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरु को प्रमुखहरुको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति पुटिनले भारतिय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेट गर्ने भएका हुन् । उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले उनीहरुबीच भेट हुने बताए ।
पुटिनले आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने भएका छन् । सो सम्मेलनमा प्रधानमन्त्री मोदी पनि सहभागी हुँदैछन् । ‘हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकहरू हुनेछन्’ अलीपोभले एएनआईसँगको अन्तर्वार्तामा भनेका छन् । कोभिड – १९ महामारीको दुई वर्षपछि सम्मेलन उज्वेकिस्तानको समरकन्दमा बिहीबारदेखि सुरु हुँदैछ ।
एससीओ धेरै सफल भएको छ । यो विभिन्न संयन्त्रहरु र विभिन्न ट्रयाकहरूमा व्यापक सहयोगको साथ स्थापित संस्था हो । एससीओ सङ्गठनअन्तर्गत सयौं संयन्त्रहरु काम गर्दछ, राजनीतिक मामिला र सुरक्षासँग सम्बन्धित मामिलाहरूमा मात्र होइन, तर मुख्य रूपमा आर्थिक क्षेत्रमा व्यापारमा र सदस्य देशका जनताका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने गरेको रुसी राजदूतले भनेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar