काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी असोज १ गतेदेखी सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गरेको छ । आज (विहिवार) महानगरपालिकाले एक सूचना प्रकाशित गरी असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको हो। महानगरपालिकाद्वारा प्रकाशित सुचनामा सार्वजनिक स्थललाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त गराउने कार्यका लागि गरिने नियमन तथा नियन्त्रणसम्बन्धी कार्यमा सहयोग गर्न सबैमा अनुरोध गरिएको छ । त्यस्तै कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिबाना तिराइने समेत सूचनामा उल्लेख गरिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar