धादिङ – अति सिमान्तकृत चेपाङ समुदायले आज राष्ट्रिय पर्व न्वागी मनाँउदैछन् ।
हरेक वर्ष भदौ २२ गते चेपाङ समुदायले न्वागी (छोनाम) पर्व मनाउँदै आएका छन् । चेपाङ समुदायले आज चितवनमा विशेष कार्यक्रम गरि न्वागी मनाउदै छन् ।चेपाङ संघले हरेक वर्ष कहिले चितवन, कहिले धादिङ त कहिले मकवानपुरको चेपाङ बहुल क्षेत्रमा न्वागी मनाउँदै आएका छन् । न्वागी मनाउन धादिङ, चितवन र मकवानपुरमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ । न्वागी मनाउन सार्वजनिक बिदा दिइएको यो नै पहिलो वर्ष हो ।
चेपाङहरूले आफ्नो प्रमुख चाडको रुपमा न्वागीलाई मान्छन् । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गर्छन् । यस दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाँक्री (पान्दे) हरुले एकपाखे ढ्यांग्रोे ठोक्दै कुखुराको बली चढाउने प्रचलन रहिआएको चेपाङ संघ बागमती प्रदेश समितिका कोषाध्यक्ष उद्दव चेपाङ्ले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar