काठमाडौं – नेपाल बजार बिक्री प्रतिनीधि संघको श्रम सचिव पदमा दिपक शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
भोली भदौ २४ गते चितवनमा हुने संघको छैंठौ राष्ट्रिय महाधिवेशनबाट आफु श्रम सचिव पदमा योग्य रहेको भन्दै शर्माले उम्मेदवारी घोषणा गरेका हुन् ।भोली भदौ २४ गते चितवनको रत्ननगरमा संघको छैंठौ महाधिवेशनको उद्घाटटन हुँदैछ । सम्पूर्ण कम्पनी प्रतिनीधिहरु एक हौँ, उद्योग व्यवसायको रक्षा गरौँ, रोजगारीको सिर्जना गरौँ भन्ने उद्देश्यका साथ स्थापना भएको संघको महाधिवेशनका लागि तयारी समेत भइरहेको छ भने संघको पदाधिकारी पदका लागि प्रतिनीधिले उम्मेदवार समेत घोषणा गरिरहेका छन् ।
उता शर्माले पनि सम्पूर्ण कम्पनी प्रतिनीधिहरु र व्यवसायीहरुबीच सम्बन्ध सुदृढ बनाउन र मजदुरहरुबीचको सम्बन्ध कायम राख्न आफ्नो भुमिका महत्वपुर्ण हुने भन्दै उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी स्थापनाकालदेखी नै संघमा निरन्तर आबद्ध रहँदै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar