काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नेपाल र नेपाली समाजको पूर्ण रुपान्तरणलागि प्रतिबद्ध रहेको बताएका छन् ।
उनले समाजको रुपान्तरणको लागि विसङ्गति पक्षहरुको पहिचान गरि समाधानको उपाय अगाडि सार्ने जिकिर गरे । मंगलबार नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले सामाजिक विभेदको विरुद्ध सामाजिक जनचेतना र जागरण फैलाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘नेपाल र नेपाली समाजको पूर्ण रुपान्तरण प्रतिबद्ध भएको पार्टी एकीकृत समाजवादी नै हो, यो समाजको सम्पूर्ण रुपान्तरण गर्नको लागि यहाँ रहेका विसङ्गति, असङगत पक्ष लगाएतका समस्याहरुको पहिचान गर्दछ, यी समस्याको पहिचान गरेर समाधानको उपाय पनि अगाडि सार्दछ, समाधान गर्नको लागि आफ्नो शक्तिले दिएसम्म अगाडि बढ्ने काम पनि गर्दछ ।’
अध्यक्ष नेपालले समस्या, अत्याचार लगाएतका घटनाक्रमहरुबाट उत्पीडनमा परेको समाजको हितको लागि आवाज उठाउनुपर्ने धारणा राखे । आफूहरुको प्रमुख उद्देश्य भनेको समाजवाद स्थापना गर्नुरहेको नेता नेपालको भनाई छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar