बुटवल – आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा निर्वाचनमा नेकपा एमालेको रुपन्देही क्षेत्र नम्बर १ र ३ दुबैबाट घनश्याम भुसालको नाम सिफारिस गरेपनि जिल्ला कमिटीमा चर्को विवाद भएको छ ।
रुपन्देही क्षेत्र नं. १ मा भुसालसंगै छविलाल विश्वकर्माको पनि नाम सिफारिस भएको छ भने ३ मा भुसालसँगै बासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसालको नाम छ । सोमबारको जिल्ला कमिटीको बैठकमा दुवै क्षेत्रबाट आएको भुसालको नाममा जिल्ला कमिटीले भने हटाउने प्रयास गरेको छ । प्रदेशमा नाम सिफारिस गर्न हिजो बसेको बैठकमा रुपन्देही १ बाट भुसालको नाम पठाउने नपठाउने भन्नेमा चर्को विवाद भएको हो ।
जिल्ला कमिटीको बैठकमा सहमति जुट्न नसकेपछि बैठक (आज) मंगलबार फेरी बैठक बस्दैछ । भुसालको घर क्षेत्र नम्बर १ मा पर्छ । अघिल्लो चुनावमै उनी त्यहीबाट उठ्न चाहेका थिए । तर यहाँ छविलाल विश्वकर्मालाई त्यहाँ टिकट दिइयो भने भुसाललाई ३ मा । राप्रपाका दीपक बोहोरालाई हराएर भुसाल सांसद चुनिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar