धादिङ – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेशसभा निर्वाचनका लागी नेकपा एकिकृत समाजवादी धादिङले ३० जनाको नाम सिफारिस गरेको छ ।
आईतबार धादिङवेशीमा बसेको एकिकृत समाजवादी धादिङको सचिवालय बैठकले आगामी निर्वाचनका लागि उम्मेदवार बन्न आकांक्षा राख्ने ३० जनाको नाम सिफारिस गरेको हो । उक्त आकाँक्षीको नाम प्रदेश कमिटीमा पठाउने गरि सिफारिस गरेको पार्टीका सचिव सुभाष खतिवडाले बताए ।
खतिवडाका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ राजेन्द्रप्रसाद पाण्डे, गँगालाल तुलाधर, सुवास खतिवडा र कुमार पाण्डेको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ शिवराज कँडेलको नाम सिफारिस भएको छ । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) बाट प्रत्यक्ष तर्फ रामचन्द्र आचार्य र विनोद पाण्डेको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ भने शँकर तामाङ, निरु खरेल रामकुमार गिरि, र चन्द्रबहादुर तामाङको नाम सिफारिस भएको छ ।
यसैगरी प्रदेश सभा ९ख० बाट प्रत्यक्ष तर्फ भने सुरेश मल्ल र कृष्ण अर्यालको नाम सिफारिस गरिएको छ त्यस्तै समानुपातिक तर्फ मायादेवी शर्मा, सिता ढुँगाना र खुनराज थापाको नाम सिफारिस भएको छ ।
उता प्रतिनिधि सभा क्षत्र नम्बर २ मा प्रत्यक्षतर्फ गुरु प्रसाद बुर्लाकोटीको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ जिवन तामाङ र पार्वती चाम्लिङ राईको नाम सिफारिस गरिएको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) बाट शिवराज सापकोटा, शान्तविक्रम बाँनिया र अज्जनाथ सापकोटा सिफारिस भएका छन् । समानुपातिक तर्फ भने हरि प्रसाद शर्मा, हेमराज छत्कुली, नवराज छत्कुली र राम नेपालीको नाम सिफारिस भएको छ ।
यस्तै प्रदेश सभा ९ख० बाट प्रत्यक्ष तर्फ अन्जन थापा ९कुमार० प्रदिप फ्युवा र समानुपातिक तर्फ ईन्दिरा ढुँगाना र एलिजर तामाङको नाम सिफारिस गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar