काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग तेस्रो दिनको बयान सुरु भएको छ ।
महाअभियोग सिफारिस समितिले केहिबेरअघीबाट जबरासँग तेस्रो दिनको बयान लिन सुरु गरेको हो । यसअघि भदौ १५ र १६ गते समितिले उनीसँग बयान लिएको थियो । समितिले बयानका लागि ४३ वटा प्रश्न तयार गरेको छ । जबराले यसअघि दुई दिनमा ६ वटा प्रश्नको मात्र जवाफ दिएका छन् ।
जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् । पहिलो दिनको बयानमा नै जबराले महाअभियोगको बैधानिकता सकिएको दाबी गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar