मुगु – छायाँनाथ रारा नगरपालिका ६ बालैका मिनबहादुर भाम हरेक बिहान बालै बगरमा बालुवा निकाल्न पुग्छन । बिहानै खोलामा पुग्ने उनी बेलुका अबेर मात्रै घर फर्किन्छन् । वडा ७ तलिघुईरका भिमबहादुर नेपाली पनि हरेक दिन खोलामा गएर बालुवा निकाल्ने काम गर्दै आएका छन् ।
दिनभर खोलाबाट बालुवा निकाल्दा मुस्किलले एक टर्याली सम्म हुने र त्यहींबाट आएको पैँशाले घरखर्चको जोहो गर्ने गरेको मिनबहादुर र भिमबहादुर सुनाउँछन । मिनबहादुर र भिमबहादुर मात्रै होइनन् बालै गाउँ ६३ घर र तलिघुईरका ३० घरधुरीका अधिकांशको आम्दानीको मुख्य स्रोत, रोजगारी नै दैनिक खोलाको बालुवा निकाल्ने भएको छ ।
यहाँका मानिसको मुख्य पेशा कृषि नै हो । परम्परागत रुपमा गरिने कोदो, धान, फापर, कागुनो, चिनोखेतीले परिवार पाल्न नपुगेपछि उनीहरू आफनो स्वास्थ्यको ख्याल नै नगरि बालै खोलातिर बालुवा निकाल्ने र घरखर्चको जोहो गर्ने गरेका छन ।बालैगाउँ सडक सञ्जालमा जोडिएपछि गमगढी बजारलगायत स्थानमा पक्की घर बन्न थालेका छन् । जसका कारण बालुवाको माग बढेको छ । यस क्षेत्रका स्थानीय बर्षामा बालुवा निकाल्ने र हिउँदमा बालुवा बेच्ने, बर्षभरी घर खर्च चलाउने, बालबच्चा पढाउने गर्दै आएका स्थानीय जयकृष्ण नेपालीले बताए ।
उनका अनुसार यस क्षेत्रका स्थानीयको लागि बालुवा आम्दानिको मुख्य स्रोत भएको छ । बालुवाबाट एउटा परिवारले बर्षमा कम्तिमा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन । ६३ घर रहेको बालै गाउँमा तीन जना मात्र रोजगारी छन्, अरु सबै जना बेरोजगार छन् । ३० घरधुरी रहेको तलिघुईरका सबै दलित हुन् उनीहरु पनि कोहि रोजगार छैनन् । सबैकोे मुख्य पेशा खोलाबाट बालुवा निकाल्ने र त्यहीं पैसाबाट घरखर्च सञ्चालन गर्ने रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar