काठमाडौं – मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ओक्लाले नेपालमा एनसेलको मोबाइल इन्टरनेट उत्कृष्ट रहेको देखाएको छ ।
गत जनवरीदेखि जुनसम्म छ महिनाको अवधिमा गरिएको परीक्षणले एनसेल आजियाटाको नेटवर्क बलियो देखाएको हो । मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल भएको स्पीडका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो ।
ओक्लाका अनुसार एनसेलको नेटवर्कमा डाउनलोडतर्फ १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गति हासिल भएको छ । दोस्रो नम्बरमा रहेको नेपाल टेलिकमको नेटवर्कमा डाउनलोडतर्फ १६.२३ एमबीपीएस र अपलोडमा ७.५६ एमबीपीएस गति हासिल भएको जनाइएको छ ।
जनवरीदेखि जुनसम्मको अवधिमा इन्टरनेटको गति मापन ओक्ला प्रयोग गर्ने ग्राहकको आधारमा गरिएकाे हाे । यो अवधिमा आईओएस र एन्ड्रोइडमा गरी कुल १६ हजार ९ सय २९ स्पीडटेस्ट भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar