मस्को – सोभियत संघका अन्तिम नेता तथा पुर्व राष्ट्रपती मिखाइल गोर्बाचेभको आज अन्त्येष्टि गरिँदै छ ।
गोर्बाचेभको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको थियो । उता गोर्बाचेभको आज अन्त्येष्टिको कार्यक्रम रहेपनी रुसी राष्ट्रपती भ्लादिमिर पुटिन भने सहभागी नहुने बताएका छन् । राष्ट्रपति पुटिन गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले पुष्टि गरेको छ । पुटिनको कार्यतालिकाले उनलाई शनिबारको कार्यक्रममा उपस्थित हुन अनुमति नदिने पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बताए ।
पुटिनले गोर्बाचोभलाई मस्कोको अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । गोर्बाचेभका सुधारका कार्यले शीतयुद्धको अन्त्य गरे पनि सोभियत युनियन विघटन गरेको थियो, जसका कारण गोर्बाचेभप्रति पुटिन क्रुद्ध छन् । सन् २००५ मा पुटिनले सोभियत संघको विघटन २०औँ शताब्दीको सबैभन्दा ठूलो भूराजनीतिक प्रकोप बताएका थिए ।
पश्चिमा देशका वाहवाह बनेका गोर्बाचेभ स्वदेशभित्र भने खलनायक साबित भएका थिए । सोभियत संघको विघटनपछि कतिपय रुसीले उनलाई घृणा गर्थे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar