दाङ – दाङको घोराहीमा तिजमा नाचगान गरिरहेका महिलाहरुमाथी चट्याङ परेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १२ मा नाचगान गरिरहेका महिलाहरुमाथी चट्याङ खस्दा लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै २ जना गम्भीर घाइते पनि भएका छन । गम्भीर घाइते र अन्य १० जना सामान्य घाइतेलाई अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख बीरबहादुर वलीले घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेलाई प्रहरीले उपचारका लागि अस्पताल ल्याउन लागेको जानकारी दिए । वलीका अनुसार गुरगाउँमा चट्याङ लागेर मृत्यु हुनेमा सोही वडाका १९ वर्षीय मनिषा शाह र १६ वर्षीय दीपा घर्ती रहेका छन ।
हरितालिका तीजको अवसरमा मंगलबार राती ११ वजे नाचगानका क्रममा चट्याङ लागेर उनीहरुको मृत्यु भएको एसपी वलीले बताए । प्रहरीका अनुसार अनुसार घटनाबारे बुधबार बिहान ७ बजेपछि मात्रै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको हो । घोराही भित्र पर्ने भएपनि दुर्गम गाउँ भएकाले घटनास्थल पुग्न प्रहरीलाई झन्डै ५ घन्टा पैदल हिँड्नुपर्ने स्थानीयको भनाइ छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar