काठमाडौं – सानिमा बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
१४ भदौ मंगलबारका दिन नेप्से र सानिमा बैंकबीच ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो । बैंकले १०.२५ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नाम दिइएको उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ ।
नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै १५ भदौ बुधबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar