धनगढी – नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तारा लामा तामाङलाई कारवाहि गरेको छ ।
सोमबार प्रदेशसभामा विशेष समय लिएर बोल्ने क्रममा उपसचिव लामाले अवसरवादी चरित्र देखाएका थिए । उनले प्रदेशसभामा बोल्दै अब उप्रान्त नेकपा एकीकृत समाजवादीमा नरही निर्वाचित भएको पार्टी नेकपा एमालेको सदस्यको हैसियतले प्रस्तुत रहने धारणा राखेका थिए । त्यसपछि एकीकृत समाजवादीले उनलाई कारबाही गरेको हो ।
उनलाई पार्टी विधान अनुसार सुदूरपश्चिम प्रदेश कमिटीको उपसचिव पदमा नरहने गरी कारबाही गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले बताए । पार्टीको केन्द्रीय सदस्यसमेत रहेका तामाङलाई साधारण सदस्य समेत नरहने गरी जिम्मेवारीबाट हटाउन प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।
त्यस्तै प्रदेशसभा सदस्य पदबाट पनि कारबाही गर्न प्रदेशसभा संसदीय दललाई निर्देशन दिएको अध्यक्ष सिंहले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar