हेलम्बु – सिन्धुपाल्चोकमा बुहारीको कुटाइबाट ससुराको मृत्यु भएको छ ।
हेलम्बु गाउँपालिका – १ मा पारिवारिक विवादमा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारकै क्रममा मृत्यु भएको हो ।जिल्ला प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीकाअनुसार लामालाई घरायसी विषयमा बाझाबाझ हुँदा ८० वर्षका कामीढिण्डु लामालाई बुहारी २३ वर्षीया रिता तामाङले आइतबार काठको चिर्पटले कुटपिट गरेकी थिइन् । त्यसलगत्तै वृद्ध लामा गम्भीर घाइते भएका थिए ।
टाउकोसहित शरीरभर चोट लागेपछि उनलाई तत्काल उपचारार्थ स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो । ‘बुहारीबाट कुटिएका उनलाई खार्चुङकै स्वास्थ्य संस्थामा उपचार हुँदै थियो, आज लामाको मृत्युको दुखद् खबर पाइएको छ,’ डीएससी बुढाथोकीले भने । लामालाई कुटपिट गर्ने बुहारी रितालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको उनले जनाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar