काठमाडौं – बैंक अफ काठमाण्डूको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.१८ प्रतिशत भएको छ ।
यसको प्रतिसेयर नेटवर्थ १ सय ६७ रुपैयाँ ७५ पैसा छ । यद्यपि यसको सेयर बजारमा २ सय २७ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकले तुलनात्मक रूपमा नाफा आर्जन गर्न नसके पनि चलाखीपूर्ण तवरले बजार मूल्य २ सय ५१ भएको ग्लोबल आईएमईसँग १ः१ अनुपातमा मर्ज गर्ने तयारी गरेको छ । सस्तो ब्याजदरको लोभ देखाई कर्जा दिई बिनाजानकारी ब्याज बढाइ ग्राहक फसाउने आरोप लागेको बैंक अफ काठमाण्डूले सर्वसाधारण मात्र नभई सेलिब्रेटीदेखि ग्लोबल आईएमईजस्तो बैंकलाई पनि चंगुलमा पार्न सफल भएको छ । यसले भविष्यमा ग्लोबल आईएमई बैंकलाई समेत समस्यामा पार्न सक्ने देखिएको छ ।
बीओकेले लोभ देखाई कर्जा वितरण गर्दा बैंकको खराब कर्जा १ अर्ब ५९ करोड रूपैयाँ पुगेको छ । कर्जामा ठग्दै आएको सो बैंकले मोबाइल बैंकिङ प्रयोग गर्दा दोहोरो पैसा लिने गरेको अभिनेत्री लक्ष्मी बर्देवाले यसअघि नै सामाजिक सञ्जालमा सार्वजनिक गरिसकेकी छन् । उनले आफ्नो फेसबुकमार्फत बैंक अफ काठमाण्डूको मोबाइल बैंकिङप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् । बीओकेका एक ग्राहक प्रमोद रेग्मीका अनुसार बीओके झुर बैंक हो र यसको इन्टरनेटवर्कको कारणले सेवा नलिनु नै उत्तम हुन्छ या खाता बन्द गरे हुन्छ । बैंकको सेवाबाट आजित भएका सुदर्शन सुवेदी भन्छन्,‘ बीओकेले सर्वसाधारण बचतकर्ताहरूको नियमित बचतमा समेत दुई÷तीन महिनामै खाता ब्लक गरेर केवाईसी, आयकर प्रमाणपत्र आदिका झन्झट लगाएर पैसा ब्लक गरेर हैरान गर्ने गरेको छ । यो बैंकमा विश्वास नगरौं, कुनै पनि बेला फस्न सक्छ ।’
बैंक अफ काठमाण्डूको यसरी ग्राहक असन्तुष्ट पार्ने प्रवृत्तिका कारण गत आर्थिक वर्षमा खासै नाफा कमाउन सकेन । अरू बैंकहरूले गत वर्षको तुलनामा १ अर्बको हाराहारीमा नाफा कमाउँदा बीओकेले ९ करोड मात्र बढाउन सकेको छ । अघिल्लो आवमा पनि बैंकले ४ प्रतिशत मात्र मुनाफा बढाउन सकेको थियो । ग्राहकलाई कर्जा लोभ्याउँदै फसाउन थालिएपछि बैंकको कर्जा तिर्न असमर्थ हुँदै बैंकले नाफा कमाउन नसकेको हो । यसले गर्दा बैंकको खराब कर्जा पनि बढ्न थालेको हो । बैंकको कर्जा चंगुलमा फस्नेमा सर्वसाधारण मात्र नभई विशिष्ट व्यक्ति पनि परेका छन् । भन्नेबेलामा एकथरी र हस्ताक्षर गराउनेबेला अर्कोथरीमा हस्ताक्षर गरी बैंकले ग्राहकलाई समस्या पार्दै आएको बताइन्छ । सानो अक्षरमा प्रिन्ट गरिएको र पढ्न पनि धेरै समय लाग्ने सर्तमा हतारहतार हस्ताक्षर गराई बीओकेले ग्राहकलाई फसाउने गरेको पीडित बताउँछन् ।
२०७३ सालमा हायर पर्चेजमा कर्जा लिएका एक ऋणीले आपूm अहिले पनि बीओकेको कर्जा जालमा फस्नुपरेको गुनासो गरेका छन् । उनले कर्जा लिएको महिना दिनदेखि नै लगातार बीओकेले कर्जामा ब्याज निरन्तर बढाइरहेको छ । मासिक ३८ हजार ४ सय ४५ रुपैयाँ तिर्नेगरी कर्जा लिएका उनी त्यतिबेला झस्के जब मूल कर्जा खासै नघटेको स्टेटमेन्ट हातमा प¥यो । सुरुमा १५ हजार १ सय ४३ रुपैयाँ ब्याज तिर्दा मासिक २३ हजार रुपैयाँ कर्जा घट्दै जाने भनेर भनिएकोमा पछि हुँदाहुँदा ब्याज झन्झन् बढाउँदै लगेको उनले गुनासो गरे । कर्जा र ब्याज तिर्दै जाँदा कर्जा घट्दै गई कर्जाको रकम बढ्दै गई ब्याज रकम घट्दै जाने अपेक्षा उनले गरेका थिए । तर, बीओकेले भने जतिजति कर्जा तिर्दै गयो त्यतित्यति कर्जाको प्रिन्सिपल रकम घटाउँदै ब्याजदर बढाउँदै लग्यो । उनले भने, ‘सुरुमा ३८ हजार मासिक तिर्दा कर्जाको ब्याज १५ हजार लाग्ने र मूल कर्जा २३ हजार लाग्ने भनियो । यो हिसाबले अर्को महिनाबाट ३८ हजार तिर्दा त मूल कर्जाको रकम बढ्दै जानुपर्ने हो नि । तर, बीओकेले जतिजति ईएमआई भर्दै गयो त्यतित्यति ब्याज प्रतिशत पो बढाएको रहेछ ।’
२०७५ सालसम्म आउँदा बीओकेले ब्याज रकम २६ हजारभन्दा बढी पु¥यायो । दुई वर्ष कर्जा तिर्दै गएपछि ब्याज रकम घट्दै जानुपर्नेमा झन्झन् बढायो । बीओकेले शतप्रतिशतभन्दा बढी ब्याज बढाएर आफूलाई ठगेको उनको गुनासो छ । नेपाल राष्ट्र बैंकको निर्देशिका उल्लंघन गर्दै बीओकेले कर्जामा अस्थिरता कायम गरी नै रहेको छ । बीओकेले २०७७ को फागुनमा पनि बिनाजानकारी ब्याज बढाई ईएमआई भराएको थियो । २०७८ को जेठमा र गत मंसिरमा पनि बीओकेले कर्जाको ब्याजदरमा मनपरी गरेको उनको भनाइ छ । यस्तै, बैंकको चंगुलमा फस्नेमा पर्छन्, मोरङ उर्लाबारीका निलमणि कालाखेती । उनले सात वर्षअगाडि १० लाख रुपैयाँ व्यक्तिगत कर्जा लिएका थिए । घर धितो राखेर वा पसल धितो राखेर व्यवसाय कर्जा लिन खोजेका कालाखेतीलाई अनेक प्रलोभन देखाई ललाइफकाइ व्यवसाय कर्जाभन्दा पनि व्यक्तिगत कर्जा लिनमा सहमत गराएको उनकी श्रीमती सीता भट्टराईले राजधानीलाई बताइन् ।
९ प्रतिशतमा कर्जा पाउने भएपछि अर्को बैंकमा प्रक्रिया रोकेका कालाखेती परिवार तब झस्किए जब कर्जा लिने बेलामा ११ प्रतिशत ब्याज हुने भनियो । लौ त अब के गर्ने भनेर हार मानेर कर्जा लिन सहमत भएका कालाखेतीले कर्जाको कागजमा १३ प्रतिशत ब्याजदर हुने कुरा हस्ताक्षर गरी प्रक्रिया पु¥याइसकेपछि मात्र थाहा पाएको बताए । ८४ किस्ता तिरिसकेपछि अब कर्जामुक्त भएको ठानेका निलमणि कालाखेती तब झस्किए जब सबै किस्ता तिरिसक्दा पनि अझै १ लाख ५५ हजार कर्जा बाँकी रहेको भनेर बैंकले जानकारी दियो । यस्तै, कारणले गर्दा ग्राहकले बीओकेलाई पत्याउन छाडेका छन् । जसले गर्दा बैंकको निष्क्रिय कर्जा बढ्दो क्रममा छ । बैंकको निष्क्रिय कर्जा १.५४ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेको छ । बैंक पाँच वर्षअघिभन्दा पनि कमजोर अवस्थामा पुगेको छ । बैंकका महत्वपूर्ण सूचक घट्दो क्रममा देखिएका छन् ।
बैंक सञ्चालक समितिको अध्यक्षमा प्रकाश श्रेष्ठ छन् । सञ्चालक सदस्यमा राधेश पन्त, विजयकुमार श्रेष्ठ, गोविन्दप्रसाद शर्मा रेग्मी, मदनलाल जोशी, अमृता उप्रेती र मोहोना लोहनी छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा श्रवणलाल मास्के छन् । बैंकको पाँच वर्षको तथ्यांक हेर्दा विगतका दुई वर्षमा न्यून प्रतिसेयर आम्दानी रहेको छ । बैंकको आर्थिक वर्ष २०७३/७४ मा प्रतिसेयर आम्दानी २० रुपैयाँ ६९ पैसा थियो यो घट्दै आर्थिक वर्ष २०७७/७८ मा १७ रुपैयाँ ८८ पैसामा सीमित भएको थियो । अहिले आएर यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा मात्र रहेको छ । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष आर्थिक वर्ष २०७४/७५ मा २५ प्रतिशत लाभांश दिएकोमा यो प्रत्येक वर्ष घट्दै आए र २०७७÷७८ मा आइपुग्दा १४ प्रतिशत मात्र दिन सकेको छ । यसपालि अझ घट्नेछ ।
बैंकप्रति असन्तुष्ट राधा तामाङ भन्छिन्, ‘म पनि परेको छु बीओकेको फण्डामा ५ वर्षमा १५ लाखको ब्याज ७ लाख तिराए । अब पुग्यो बीओके ।’ अर्का ग्राहक बालकृष्ण रिजाल लेख्छन्, ‘बैंक अफ काठमाण्डुबाट धेरै पीडितमा म पनि हो । ६० किस्ता तिर्ने भनेर लिएको ६८ किस्ता पु¥यायो । यस्ता बैंकको छानबिन गरियो भने धेरै कुरा पत्ता लाग्ने वीरेन्द्र धामी उल्लेख गर्छन् । उनले भने, ‘सुरुमा कर्जा लिनेबेला ब्याज एउटा तमसुक बनाएपछि अर्को गर्छन् ।’ आजको राजधानी दैनिकबाट ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar