काठमाडौं – सत्तारूढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अझै सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन ।
सिट बाँडफाँडका लागि सत्ता गठबन्धन दलको बिहीबार बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न सकेन । यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पुनः बैठक बसेको थियो । तर, सहमति नजुटाई बैठक सकिएको छ । सिट बाँडफाँडका लागि गठित कार्यदलका सदस्यहरूले बिहीबारसम्म ठोस निष्कर्ष निस्कने दाबी गरेका थिए ।
कार्यदलले सहमति जुटाउन नसकेपछि गठबन्धनकै शीर्ष नेतालाई सिट बाँडफाँडको जिम्मेवारी दिइएको छ । तर, शीर्ष नेताहरूले पनि सिट बाँडफाँडमा सहमति जुटाउन सकिरहेका छैनन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा पनि दलहरूले आआफ्नो अडान कायमै राखेका थिए ।
बिहीबारको बैठकमा दलहरूले सिट संख्यासहित आआफ्नो दाबी पेस गरेका छन् । कार्यदलका एक सदस्यका अनुसार, सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एक सय सिट आफूले पाउनुपर्ने दाबी गरेको छ ।यसैगरी नेकपा माओवादी केन्द्रले पनि ६० सिटमा दाबी पेस गरेको छ । नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट दाबी गरेको छ । दलहरूले आफ्नो अडान कायमै राखेपछि बिहीबारको बैठक पनि बिनानिष्कर्ष टुंगिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar